Responsive Ad Slot

latest

राज्य पुर्नंरचना आयोगको प्रतिबेदन जलाईयो I

Friday, February 3

/ by Admin BHOLA THAPA

चितवन माघ २० गते ।
राज्य पुर्नंरचना आयोगले संघ वनाउँदा चितवनलाई विभाजन गर्न सुझाव पेश गरेको विरोधमा नागरीक समाज माडीले आज राज्य पुर्नंरचना आयोगको प्रतिबेदन जलाएको छ । माडीको बसन्तपुरमा आयोजीत एक बिषेश बिरोध कार्यक्रमका बिच प्रतिबेदन जलाईएको हो ।

स्थानिय राजनितीक दलको अगुवाईमा गरिएको बिरोध कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थी शिक्षक संघ संस्थाका प्रतिनिधी लगाएतको बाक्लो उपस्थिती रहेको थियो । संबिधानसभामा पेश भैसकेको प्रस्ताबमा चितवनको माडीलाई मिथिला प्रदेशमा समाबेश गरिएको बिरोधमा प्रतिबेदन जलाएको हो । कार्यक्रममा बोल्ने बत्ताहरुले कुनै पनि हालतमा चितवन टुकायाउने अभियान माडीबासीलाई मान्य नहुने बताएका छन । राज्य पुर्नंसरचना आयोगको प्रस्ताबित प्रतिबेदनले चितवनलाई बिभाजन गरेपछि अहिले समग्र चितवनबासी आन्दोलीत बनेका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI