चितवन माघ २६ गते ।
बाह्मण समाज नेपाल चितबनले यहि २८ र २९ गते गर्ने भनेको चितबन बन्द फिर्ता लिएको छ । चितबनका राजनैतिक दलहरु र बाह्मण समाज नेपाल चितबन बिचमा सहकार्य भई चितबन बचाउ अभियान सञ्चालन गर्ने सहमति भएपछि बन्दका कार्यक्रम फिर्ता गरिएको बाह्मण समाज नेपाल चितबनद्धरा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
राज्यपुन संरचना आयोग ले प्रस्तुत गरेको प्रतिबेदनमा चितबनलाई टुक्रा टुक्रा पार्ने काम भएको भन्दै त्यसको बिरोध स्बरुप बाहमण समाज नेपाल चितबनले यहि २८ र २९ गते चितबन बन्दको आह्बान गरेको थियो ।