काठमान्डौ माघ २४ गते ।
बर्डफ्लु भएको पुष्टि भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका सुनसरी, इलाम र पाँचथरमा कुखरा मार्ने काम आज पनि जारी रहेको छ । क्षेत्रीय पशु सेवा निर्देशनालय बिराटनगर र सुनसरी मोरङका जिल्ला पशु सेवा कार्यालयका प्राविधिकहरुले टोलीले आज इटहरी ६ स्थित पिके पोल्ट्रिफर्ममा बाँकी रहेका कुखुरा मार्दै फर्मको सरसफाई गरिरहेको छ । फर्मको सरसफाई पछि तीन महिनाका लागि सिज गरिनेछ ।
हिजो खनार क्षेत्रको कुखुरा नष्ट गरी पाथीभारा पोल्ट्रिफर्मलाई सिज गरीएको थियो ।तीन महिनापछि परिक्षण गर्दा उपयुक्त रहेको पाईएमा फेरि कुखुरा पाल्न सकीने जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख महिनारायण चौधरीले जानकारी दिनुभएको छ । बर्डफ्लू भएको पुष्टि भएपछि उक्त ठाउँमा पक्षिं जन्य बस्तुको ओसारपसारमा रोक लगाईएको छ ।