काठमान्डौ माघ २८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आफ्नो २१ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । स्थापना दिवसको अवसरमा आयोग लगायत सुशासनको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितिमा अहिले राजधानीको रत्नपार्कबाट ¥याली सुरु भएको छ ।
¥याली राजधानीका बिभिन्न भागको परिक्रमा गर्दै आयोगको कार्यालय टंगालमा पुग्ने बताइएको छ । स्थापना दिवसको अवसर पारेर आयोगले आज सुशासनको क्षेत्रमा काम गर्ने संघसंस्था तथा बुद्विजीवि र कर्मचारीलाई सम्मान गर्ने भएको छ । बिहान १० बजेपछि आयोगको कार्यालयमा हुने स्थापना दिवसको कार्यक्रममा प्रधानन्त्री डा बाबुराम भट्टराई पनि सहभागी हुनुहुनेछ ।