सन्तकुमार चौधरी
चितवन, फागुन ३ -पूर्वि चितवनको चैनपुरगाविस वडा नं. ९ अन्तर्गत कयरखोलाको बगरमा वेवारिसे अवस्थामा फालिएको करिव २ सय वटा कुखुरा भेटिएका छन । चैनपुर ९ कयर खोलामा निर्माणाधिन अवस्था रहेको पुल मुनि फालिएको अवस्थामा ति कुखुरा भेटिएको स्थानियबासीले जानकारी दिएका छन । बेबारिसे अवस्थामा भेटिएका कुखुराका बारेमा स्थानियले प्रहरिलाई जानकारी गराएपनि प्रहरिले समस्या समाधानका लागि कदम नचालेको र जिल्ला पशु सेवा कार्यालयले यस विषयमा कुनै जानकारी नभएको बताएको छ । कुखुरा कस्ले किन फालेको भन्ने वारेमा केही थाहा नभएको र अनुसन्धान भईरहेको स्थानियले जानकारी दिएका छन ।
गएराती अवेरतिर फालिएको कुखुरा विहान कुकुरले खा“दै गाँउतिर लगेपछि मात्र स्थानियवासीले थाहा पाएका थिए । अचानक कुखुरा फालिएपछि वर्डफ्लूको शंका गरिएको छ । यस अघि पनि सो क्षेत्रमा वडफ्लू भेटिएको थियो । एक्कासी कुखुरा फालिएपछि सो क्षेत्रका कुखुरा व्यवसायी त्रसित भएका छन् । यसअघि झापामा फैलीएको वर्डफ्लु भने नियन्त्रणमा आएको पशु चिकित्सकले बताएका छन । चितवन कुखुराको राजधानीको रुपमा विकास हु“दै गएपनि शंकास्पद तरिकाले फालिएको कुखुरोको विशषयमा गम्भिरता कसैले नदेखाउदा स्थानीय त्रसित बनेको हुन । गत वर्ष पनि चैनपुरको कुनाघारीमा वडफ्लूको आंंशकामा जिल्ला पशु सेवा कार्यालयले झण्डै २ सय घरपालुवा कुखुरा नष्ट गरेको थियो । चैनपुरमा गत वर्ष वर्ड फ्लू देखिएको भन्दै जिल्लाका पोल्ट्रि व्यवसायीहरु त्रसित भएका थिए । गतवर्ष चैनपूरको कुनाघारीमा बड्फुल भएको पृष्ठी भएपनि जिल्ला पशूसेवा कार्यालयले भने रोगलाई सार्वजनीक गर्न मानेन् ।
यसैविच काठमाडौ उपत्यकामा मरेका कागहरुमा पनि बर्डफुलको भाइरस भेटिएको पुष्टी भएको छ । केही समय पहिला राष्ट्रिय शभा गृह परिसरमा फेला परेका ४ वटा मरेका कागको परिक्षण गर्न बेलाएत पठाइएको थियो । लण्डनस्थित प्रयोगशालाबाट बर्डफुल पुष्टी भइसकेपनि केन्द्रिय पशु स्वास्थ्य निर्देशनालयले भने अहिले सम्म केही बताएको छैन ।