Responsive Ad Slot

latest

पुर्वलडाकु बिदाईको औपचारिक कार्यक्रम स्थगित I

Tuesday, February 7

/ by Admin BHOLA THAPA

काठमान्डौ माघ २४ गते ।
स्वेच्छिक अवकाश रोजेका माओवादी सेनाका लडाकुको औपचारिक बिदाई समारोह नहुने भएको छ । प्रधानमन्त्री, माओवादी अध्यक्ष र अरु दलका शिर्षनेताहरुको उपस्थितिमा आउ“दो २८ गते चितवनको शक्तिखोरस्थित तेश्रो डिभिजनमा विदाई समारोह गर्न तयारी थियो ।

तर चेक बुझेका लडाकु धमाधम घर र्फक्न थालेकाले औपचारिक विदाई समारोह स्थगित भएको सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । तेश्रो डिभिजनका कमाण्डर धनबहादुर मास्की ”राजेश”ले भने माओवादीका शिर्षनेताहरुको कार्यबयस्तताका कारण औपचारिक कार्यक्रम स्थगित भएको बताउनु भएको छ । अहिले स्वेच्छिक अवकाश रोजेका लडाकुलाई सम्बन्धित ब्रिगेड र बटालियनले बिदाई गरिरहेको पनि उहा“ले जानकारी दिनुभयो ।

यसैबीच स्वेच्छिक अवकाश रोजेकामध्ये झण्डै आधाजसो माओवादी सेनाका लडाकु शिविरबाट विदाई भएका छन । सातवटै शिविरबाट गरी हिजोसम्म तीनहजारभन्दा धेरै लडाकुले चेक बुझेको सचिवालयले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI