Responsive Ad Slot

latest

चितवनका राजनितिक दलको बिरोध सभा आज पनि जारी I

Monday, February 6

/ by Admin BHOLA THAPA
चितबन माघ २३ गते ।
राज्य पुन संरचना आयोगको प्रतिबेदनको बिरोध गर्दै बिरोधमा उत्रिएका चितवनका राजनितिक दलले पहिलो चरणको कार्यक्रमहरु हिजो सम्पन्न गरेका छन।जसअन्र्तगत पुर्बी चितवनको पर्सा ,टांडी, पटिहानी र माडीको बसन्तपुर पश्चििम चितवनको चनौलि र नारायणगढको शहिद चोकमा मा बिरोध सभा गरिएको थियो।बिभिन्न ठाउमा भएका कार्यक्रमलाई चितबनमा क्रियाशिल राजनैतिक दलका नेताहरु र उद्योग बाणिज्य सँघका अध्यक्ष लगायत ले सम्बोधन गरेका थिए।सभालाइ सम्बोधन गर्दै उनिहरुले आयोगको प्रतिबेदन चितवनबासीका लागी कुनैपनि हालतमा मान्य नहुने बताएका थिए । 

पहिलो चरणको कार्यक्रमहिजो सकिएकाले अब कसरी अगाढी बड्ने भन्ने बारे चितवनका ७ राजनैतिक दलहरुले छलफल पछि टुङगो लगाईने एकिकृत नेकपा माओबादी चितवनका अध्यक्ष अनिल शर्मा बिरहीले जानकारी दिएका छन ।

Don't Miss
© all rights reserved
made with by netKUTI