तनहुँ (दुलेगौडा),
माघ २३ गते ।
नवयुनाईटेड क्लवले खैरेनिटारमा आयोजना गर्ने लाईभ कन्सर्टको तयारी तिव्र पारेको छ । फागुन ६ गते खैरेनिटारस्थीत सरस्वति नमुना मा.वि.को प्राङ्णमा हुने कार्यक्रमका लागी तयारी तिव्र पारिएको क्लवका अध्यक्ष सुरजकुमार श्रेष्ठले जानकारी दिएका छन ।
लाईभ कन्सर्टमा सुगम पोख्रेल,रविन एण्ड रिभोलुसन , राष्ट्रिय र स्थानिय कलाकारहरुको प्रस्तुति रहने उनले बताएका छन
।अपाङ र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने लक्ष्य राखेर कन्सर्टको आयोजना गरिएको हो ।