कमल खत्री,
म्याग्दी फागुन १० गते ।
धौलागीरी मावि सिङ्गामा सञ्चालन गरिएको बहिरा विषेश कक्षा व्यवस्थित बन्दै गएपछि अध्ययनरत वहिरा विद्यार्थीहरुलाई सहज भएको छ । विद्यालयको पहलमा विभिन्न दातृ निकायहरुले आर्थिक र भौतिक सहयोग गरेपछि कक्षा व्यवस्थित तरिकाले सञ्चालन गर्न थालिएको विद्यालयका शिक्षक मुकुन्द पौडेलले बताउनुभयो ।
२०६० सालदेखि वहिरा विषेश कक्षा सञ्चालन गर्दै आएको विद्यालयमा अहिले प्लान नेपालको आर्थीक सहयोगमा करीब २१ लाखको लागतमा ४ कोठे पक्की भवन निर्माण गरिएको छ भने बहिरा शाखामा विभिन्न दातृ निकायहरुले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक केशव प्रसाद रेग्मीले बताउनुभयो ।
जिल्लामा बहिरा बालबालिकाहरु शिक्षाको पहुँचबाट टाढा रहेको अवस्थामा उनीहरुलाई पनी पढाईमा सामेल गराउने लक्ष्यका साथ संचालन गरिएको कक्षामा१४ जनाले अध्ययनरत छन् । कक्षा सञ्चालका लागि हाल न्युजल्याण्डमा बस्दै आएका स्थानीय लालबहादुर केसीले १ लाख ९५ हजार तथा स्थानीय पोसनाथ शर्माले बेल्जिएमबाट १ लाख ७ हजार संस्थागतरुपमा सहयोग गर्नुभएको छ ।