Responsive Ad Slot

latest

कर्मचारीको पुनःबहाली गर्न १२ संगठनको माग I

Monday, February 6

/ by Admin BHOLA THAPA

आश गुरुङ,
लमजुङ, माघ २३ गते ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा निस्कासित ५ जना कर्मचारीको पुनःबहाली गर्न १३ वटा संघसंगठनले माग गरेको छ ।कर्मचारीलाई अन्ययापूर्ण तरिकाले निकालिएको, मानव अधिकारको विश्वब्यापी मान्यता बिपरित भएको, नेपालको अन्तरिम संविधान २०६३ द्धारा प्रदत्त मौलिक हकको चरम उल्लंघन भएको र आईएलओ १६९ को नियम बिपरित भएको भन्दै मानवअधिकारवादी संघसंस्था, पत्रकारका संघसंगठन एवं गैरसरकारी संघसंस्थाले विरोध गरेको छ ।

मानवअधिकारवादी संस्था सफर लमजुङका अध्यक्ष बुद्धिसागर बराल, मानव अधिकारकर्मी एवं ईन्सेक प्रतिनिधि कृष्णप्रसाद अधिकारी, काहुराष्ट्र लमजुङका अध्यक्ष सुरेन्द्र बोहरा, पास नेपालका अध्यक्ष प्रेमप्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष कृष्ण के.सी., आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष खेमजंग गुरुङ, वेसीशहर आमा समूह समन्वय समितिकी अध्यक्ष लक्ष्मी अधिकारी, स्क्यान नेपालका अध्यक्ष भोजबहादुर रिमाल, आरसीडीसीका कार्यक्रम संयोजक श्रीकृष्ण घिमिरे, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष बासुदेव थापा, दलित सेवा संघका अध्यक्ष विवस बुढाथोकी र अनिज लमजुङका सचिव आश गुरुङले संयुक्त रुपमा आज सोमवार प्रेस विज्ञप्ति जारी गरि कर्मचारीलाई पुनःबहाली गर्न माग गरेको हो ।

‘निस्कासित कर्मचारीको पुनःबहाली गरि समस्या समाधान गर्न हामी सम्बन्धित पक्षसंग अनुरोध गर्दै प्रत्येक मानिसको गास, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षा जस्ता आधारभूत अधिकारको प्रत्याभूत गर्न हामी सरकार, राजनीतिक दल, राष्ट्रिय मानवअधिकार आयोग लगायत संबन्धित पक्षसंग माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, लमजुङ सदरमुकाम वेसीशहरका ४ वटा युवा क्लवले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका देखिएको विवाद तत्काल समाधान गर्न सवैपक्षसंग अपिल गरेको छ । क्लवहरुले सदरमुकाम वेसीशहरमा आज सोमवार पत्रकार सम्मेलनको आयोजना गरि समस्या जटिल हुँदै गएकाले सम्पूर्ण राजनीतिक दल, सरोकारवाला संघसंस्थाहरु र जिल्ला प्रशासनलाई आवश्यक पहल गरिदिन आग्रह समेत गरेको छ ।

त्रिवेणी युवा क्लवका अध्यक्ष लोकेन्द्र गुरुङ, लमजुङ मस्र्याङ्दी युवा क्लवका अध्यक्ष शुरेस प्रधान, वेसीशहर युथ सोसाईटीका अध्यक्ष शरद बराल र न्यू योङ आदर्ज युवा क्लवका अध्यक्ष राजेन्द्र केसीले संयुक्त अपिल जारी गरि खानेपानीको विवाद र विरोध क्रियाकलापले सर्वसाधारणमा गम्भीर समस्या परेको भन्दै साझा र सामुदायिक संस्थामा राजनीति नगर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ ।

खानेपानीमा कार्यरत ५ जना कर्मचारीलाई विना कारण निकालिएको भन्दै लमजुङका आदिवासी जनजातिहरु र नेकपा एमालेले आन्दोलन शुरु गरिसकेको छ । खानेपानी समितिले विना कारण पूर्वाग्रही भएर कम्प्युटर अपरेटर सहज कुमार घले, मिटर रिडर निर्मला अधिकारी, डिलमाया खत्री, चौकीदार रेशम बहादुर क्षेत्री र हरिबहादुर विकलाई हटाएपछि कर्मचारीहरु समेत मंसिर २२ गतेदेखि आन्दोलनमा छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI