काठमान्डौ फागुन १२ गते ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रीय समितिको बैठक अहिले केहीबेरमा सुरु हुँदैछ । पार्टी कार्यालय शङ्खमुलमा सुरु हुने बैठकमा अध्यक्ष गुप्ता बारे सर्वोच्चले गरेको फैसला प्रति आधिकारिक धारणा निर्माण, गुप्ताको अनुपस्थितिमा पार्टीलाई कसरी सञ्चालन गर्नेभन्ने बारेमा छलफल हुने गणतान्त्रिकका सह अध्यक्ष राजकिशोर यादवले सीआईएनसँग बताउनुभयो । केन्द्रीय समितिको बैठकमा छलफलको लागि बिभिन्न ७ ओटा एजेण्डा पेस भएको यादवले जानकारी दिनुभयो । पार्टी अध्यक्ष जयप्रकाश गुप्ता जेल परेपछि पार्टीको भावी रणनीति र योजनाको बारेमा छलफल गर्न फोरम गणतान्त्रिकको केन्द्रीय समिति बैठक हिजोदेखि सुरु भएको हो ।
सार्वजनिक पदमा रहँदा अकुत सम्पति आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले फोरम गणतान्त्रिक अध्यक्ष जयप्रकाश गुप्तालाई जेलसजाय सुनाएपछि ४ दिनअघिनै गुप्तालार्य जेल चलान गरिसकिएको छ । स्रोतका अनुसार अध्यक्ष गुप्ताबारे सर्वोच्चको फैसलाप्रति पार्टीको धारणा, आगामी नेतृत्व, सरकारमा सहभागिता लगायतका बिषयमा फोरम गणतान्त्रिक भित्र मत बाझिएको छ ।