काठमान्डौ माघ २९ गते ।
संविधान निर्माणको कार्यालिका तेस्रो पटक संसोधन गर्न विषयमा छलफल गन संवैधानिक समितिको बैठक अहिले जारी छ । गएको १५ गत्ते आजसम्ममा संविधानका विवादित बुँदामा सहमति गर्ने गरी दलहरुले संविधान निर्माणको कार्यालिका दोस्रो पटक संसोधन गरेका थिए । दोस्रो पटक संसोधित कार्यालिका अनुसार भावी संविधानका विवादित बुँदामा सहमति गर्न असफल भएपछि दलहरुले आज कार्यालीका संसोधन गर्न लागेका हुन ।
संविधान निर्माणको कार्यालिका तेस्रो पटक संसोधन गर्न बारेमा छलफल गर्न संविधानसभाको मातहतमा रहेको संबैधानिक समितिको बैठक अहिले बसिरहेको हो। संबैधानिक समितिको सचिवालय सिंहदरवारमा जारी बैठकमा कार्यालिका संसोधन गरी सहमित कायम गर्न र मस्यौदा तयार गर्न कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भईरहेको नेताहरुले बताउक छन् । हिजो बसेको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्षनेता र सभामुख सुवास नेर्वाङबीचको बैठकमा कार्यालीका तेस्रो पटक संशोधन गर्न सहमति भएको थियो ।