चितवन माघ २९ गते ।
चितवन राष्ट्रिय निकुञ्जमा गत सोमवार भएको घटनाको विषयलाई लिएर चेपाङ संघले आज पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्वि चितवनको पिप्लेमा एक घण्टा सडक अवरुद्ध गरेको छ । चेपाङ संघका केन्द्रिय महासचिव यमन चेपाङको अगुवाईमा विहान सवा आठ वजेदेखि सवा ९ वजे सम्म सडक अवरुद्ध गरेको हो ।
गत सोमवार साँझ काठ तस्कर गर्न निकुञ्ज प्रवेश गरेका एक समुहलाई नियन्त्रणमा लिने क्रममा सेनाले चलाएको गोली लागि पिप्लेका रेमश चेपाङको ज्यान गएको थियो । यता पीडित परिवार र चेपाङ संघले भने गल्ती गरेपनि सेनाले ज्यानै लिने काम गरेको प्रति आपत्ति जनाएको छन् । पीडित परिवार र संघले चेपाङलाई वर्वरतापुर्वक ज्यान लिएको आरोप लगाएका छन् ।
दोषीलाई कारवाही , पीडित परिवारलाई उचित क्षतीपुर्ति , चेपाङका वालवच्चालाई उच्च शिक्षा सम्म निशुल्क गर्नु पर्ने , रोजगारीको व्यवस्था गर्नु लगायतका माग राख्दै पीडित पक्षले आन्दोलन गर्दै आएको छ । माग सुनुवाई नगरे सम्म भोली देखि प्रत्येक एक घण्टाका दरले सडक अवरुद्ध पार्दै जाने चेपाङ संघका महासचिव यमन चेपाङले वताउनु भयो । यस अघि शुक्रवार पीडित पक्षले गरेको चितवन वन्द प्रशाशनले वल प्रयोग गरि खुलाएको थियो ।
आफ्ना मागका सम्वन्धमा दुई पटक सामान्य छलफल मात्र गरेको र वार्ताका लागी कुनै पहल नगरेको चेपाङले जानकारी दिनु भयो । ठोस आधार र लिखित सहमती नभए सम्म आन्दोलन नरोक्ने पीडित पक्षले वताएका छन् ।