तनहुँ
फागुन ८ गते ।
युवा संघ नेपाल खैरेनिटार गाउँ भेला खैरेनिटारमा सम्पन्न भएको छ । एमाले गाउँ कमिटी अध्यक्ष कृष्णवहादुर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा युवा संघका केन्द्रिय लेखा समितीका सदस्य पुर्ण लामा,एमाले जिल्ला उपसचिव रेखा थापा,अनेरास्ववियु केन्द्रिय सदस्य खिमवहादुर कुमाल,एमाले जिल्ला सदस्य मुक्ति तिम्सेना,युवा संघ जिल्ला संयोजक कमल गैह्रे,शुक्ला गण्डकी जेसिजका उपाध्यक्ष सुजन श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलाले वालकुमार वाग्लेको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा पिताम्वर गुरुङ,सचिव सुर्यवहादुर अधिकारी रहेका छन् ।