Responsive Ad Slot

latest

काङ्ग्रेस कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न I

Monday, February 27

/ by Samsung

दिपेन्द्र पौडेल ,
तनहुँ,फागुन १५ गते ।

नेपाली काङ्ग्रेस ढोरफिद्री गाउँकार्यसमितीको आयोजनामा ढोरफिद्री गाँउ कार्यसमितीका पूर्व सभापतिहरुको सम्मान तथा कार्यकता भेटघाट कार्यक्रम ढोरफिद्री लालिममा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस तनहुँका सभापति धुव्र वाग्लेको प्रमुख आतिथ्यता र नेपाली काङ्ग्रेस ढोरफिद्रीका सभपति माधव भट्टराईको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका यूवा नेता प्रदिप पौडेल, क्षेत्रिय सभापति महेश्वर भट्टराई, क्षेत्रिय सचिव चुणामणी खनाल, सह–सचिव यामवहादुर खाँण, नेपाली जनसम्पर्क समितीका महामन्त्रि करिव बकस मिया, तरुणदल जिल्ला सदस्य भक्त बहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले गुट–उपगुट लाई त्यागेर एकता, हार्दिकता र अपनत्वका साथ अगाडी बढ्न नेताहरुलाई सुझाव दिएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI