एजेन्सि, फागुन ९ गते ।
पाकिस्तानका विदेशमन्त्री हिना रव्वानी खरले आफ्नो आन्तरीक विषयमा नवोल्न अमेरिकालाई चेतावनी दिएकी छिन् । अमेरिकी संसदमा वलुचिस्तानका नागरिकको आत्म निर्णयको अधिकार दिनु पर्ने प्रस्ताव पारित भएपछि विदेशमन्त्री रव्वानीको भनाई सार्वजनिक भएको हो ।
विविसी संगको कुराकानीमा मन्त्री रव्वानीले अमेरिकी संसदले पारित गरेको प्रस्ताव वेतुक र अस्वीकार्य हुने वताइकी छिन् । यो प्रस्ताव अमेरिकी सरकारको राय होईन मन्त्री रव्वानीको भनाई छ ।