१५ फागुन, काठमाडौँ ।
एमालेले प्रथम राष्ट्रिय प्रतिनिधी परिषदको पूर्बसन्ध्यामा ¥याली निकालेको छ । एमाललेले राष्ट्रिय प्रतिनिधी परिषदको प्रचार प्रसारको सिलसिलामा ¥याली निकालेको हो । ¥याली स्वयम्भुको भगबान पाउबाट सुरु भई पुन भगवान पाउमा आएर नै समापन भएको थियो । एमाले केन्द्रिय कार्यालयको आयोजनामा सम्पन्न ¥यालीमा एमालेका स्थायी समिती सदस्यहरु , पोलिटब्युरो सदस्यहरु , अन्य केन्द्रिय समिती सदस्यहरु तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।¥यालीमा एमाले अध्यक्ष झलनाथ खनाल भने कार्यब्यस्तताका कारण उपस्थीती जनाउन नसक्नुभएको उहाको निजी सचिबालयले जनाएको छ । एमालेको प्रथम राष्ट्रिय प्रतिनिधी परिषदको बैठक फागुन २१ , २२ र २३ गते काठमाडौमा आयोजना हुदैछ ।