Responsive Ad Slot

latest

बाँकेमा आजबाट दुई दिने अवधि महोत्सव I

Wednesday, February 29

/ by Admin BHOLA THAPA

बाके,फागुन १७ -नेपाल प्रज्ञा प्रतिष्ठान तथा अवधी सांस्कृतिक विकास परिषद बाँकेको आयोजनामा आजदेखि बाँकेमा दुई दिने अवधि महोत्सव हुने भएको छ । अवधी भाषा र साहित्यलाई अझ बढी पष्किृत गर्न महोत्सवको आयोजना गरिएको अवधी सांस्कृतिक विकास परिषद बाँकेका अध्यक्ष सच्चिदानन्द चौबेले जानकारी दिनुभयो ।

महोत्सवमा कार्यपत्र प्रस्तुति, सांस्कृतिक कार्यक्रम, बहुभाषिक काव्य गोष्ठी तथा छलफल गरिने अध्यक्ष चौबेले बताउनुभयो । महोत्सवमा बाँके, बर्दिया, दाङ, काठमाडौ, सुर्खेतलगायत भारतका करिब एक सय अवधी अगुवा तथा साहित्यकारहरुको सहभागिता रहने परिषद बाँके कोषाध्यक्ष राकेश मिश्रले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI