Responsive Ad Slot

latest

सिरहाका बेग्लाबेग्लै स्थानबाट ११ लाखको धनमाल लुटियो I

Monday, February 27

/ by Samsung
सिरहा , फागुन १५ गते ।

सिरहाको दुई बेग्लाबेग्लैस्थानमा गएराति लाखौंको धनमाल लुटपाट भएको छ ।डाँकाहरुको एक समूहले जिल्लाको असनपुर ३ का राजेन्द्र महतो र मणिप्रसाद महतोको घरबाट नगद तथा सुनचाँदी ६ लाखभन्दा बढीको धनमाल लुटेर लगेको प्रहरीले जनाएको छ । 

१२/१५ जनाको संख्यामा राति १२ बजेको समयमा हतियारसहित आएका लुटेराहरुले ती दुई घरका सदस्यलाइ नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । उनीहरुले पीडित परिवारका केही सदस्यमाथि कुटपिटसमेत गरेको बताइएको छ ।

यस्तै डाँकाहरुको अर्को समूहले गएराति नै सिरहाको जमदह–२ का ४ घरबाट नगद २ लाखसहित पाँच लाखभन्दा बढीको धनसम्पत्ति लुटेका छन् । स्थानीय पूर्णकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ तथा बिचारी श्रेष्ठलगायतको घरमा लुटपाट भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक राजेश कर्णले लुटेराहरुको खोजीका लागि व्यापक प्रहरी परिचलान गरिएको जानकारी दिनुभयो । घटनाबारे पीडित पक्षबाट ढिला जानकारी आएका कारण लुटेर फरार भएको कर्णको भनाइ छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI