नारायण सापकोटा
चितबन ,फागुन ११ गते ।
व्यक्तीत्व सुद्यारका लागि सुद्यार गृहमा राखिएको गैडाकोटका एकजना पूरुषको रहस्यम तरिकाले मृत्यु भएको छ । गैडाकोट गाविस वडा नंं २ शिलन्यास चोक घर भएका ३६ वर्षिय रुद्र गूरुङको रहस्यमय तरिकाले मृत्युभएको हो ।
भरतपूर स्थित बुद्धचोकमा रहेका यूनिटी पूर्नस्थापना केन्द्रमा व्यक्तित्व सुधारका लागि भर्ना भएका गूरुङको रहस्यम हत्यालाई परिवारले खण्डन गरेका छन् । पुर्नस्थापना केन्द्रका सञ्चालकहरुलेनै हत्या गरेको पीडित परिवारको आरोप छ । मृतक गूरुङ अत्याधिक मदिरा सेवन गर्दै अँएका कारण परिवारले व्यक्तित्व सुद्यारका लागि सोमवार मात्रै भरतपूर स्थित यूनिटी सूद्यार केन्द्रमा पठाएका थिए ।
घटनाको प्रकृतीहेर्दा कुटपीटवाट मारिएको हुन सक्ने प्रहरी असइ टंकप्रसाद भट्टराईले जानकारी दिनभयो । –शरीर भरी निल डाम देखिएका कारण घटनाको प्रकृती हेर्दा कुटपीट भएको हुन सक्ने उहा“ले बताउनुभयो । मृतक गुरुङको टाउको र देब्रे हातमा गम्भिर चोट लागेको देखिएको छ । सुद्यार गृहले विहान साढे ५ बजे विरामी भएर उपचारको लागि ल्याउदै गर्दा बाटोमा मृत्युभएको खबर विहान ९ बजेमात्रै परिवारले जानकारी पाएको मृतकका सहोदर भाई प्रकाश गूरुङले बताउनुभयो ।
मृतकका परिवारले न्यायिक छानविनको माग गर्दै शव नबुझ्ने अडान लिएका छन् । घटनाको विषयमा न्यायिक छानविन हुुनुपर्ने, दोषिलाई कडा कावार्ही गर्नुपर्ने र उचित क्षतीपूर्ती नपाए सम्म शव नउठाउने पीडित परिवारले बताएका छन् । तर घटनाको विषयमा जानकारी लिन खोज्दा यूनिटी सुद्यार केन्द्रका सन्तोष सुनार र राजु संग जानकारी लिन खोज्दो सम्पर्क हुन सकेन् । मोवाइलमा पटक ÷ पटक सम्पर्क गर्ने प्रयास गरिएपनि मोबाइलमा सम्पर्क हुन सकेन् ।