नवलपरासी माघ २६ गते ।
नेपाल आदिवासी जनजाति महासङ्घ नवलपरासीको आयोजनामा आजदेखि नवलपरासीको कावासोतीमा आदिवासी जनजाति महोत्सव सुरु भएको छ । शिवमन्दिर–१ स्थित खेलकुद मैदानमा भएको पाँचदिने महोत्सवको पूर्वमन्त्री तथा एमाले नेता किरण गुरुङले उद्घाटन गर्नुभयो । जिल्लामा रहेका आदिवासी जनजातिको सङ्ग्रहालय निर्माणका लागि महोत्सव सुरु भएको हो ।
महोत्सवमा जातीय पहिचानका घर, खाद्य परिकार, जातीय फेसन सो, नाच आदिको महोत्सवमा आकर्षण रहेको छ ।मगर, गुरुङ, कुमाल, थारु, बोटे, माझी लगायतका जातिको खाद्य परिकार महोत्सवको मुख्य आकर्षण रहेको आयोजक समितिका सचिव मीनबहादुर लामाले जानकारी दिनुभयो ।