Responsive Ad Slot

latest

मैले देखेको भोगेको विदेसमा I

Wednesday, February 22

/ by Admin BHOLA THAPA
पशु​पति श्रेष्ठ, दोहा कतार,
कुनै पनि व्यक्ति आफ्नो जिवनलाई खुसि अनि सुखि बनाउन पैसाको नै जरुरी हुन्छ। मानिस सँग पैसा छ त सबैको प्यारो अनि राम्रो पनि भईन्छ। तर यस्तै नेपालको गरिबि अनि घुसखोरी नेताका कारण करोडौ युवा प्रदेसिनु बाध्यता छ। लाखौ रुपैया राम्रो काम अनि राम्रो कमाईको लालचमा लागि प्रदेसिएका युवा करोडौ छन।
आफ्नो घर परीवार अनि साथिभाईको न्यानो साथ छाडि प्रदेस तिर लागेका हामि नेपालीहरुले भने जस्तो काम अनि पारिश्रमिक नपाएर पनि दुई तिन वर्षको अग्रिमेन्टपेपरको साथमा विदेशमा बस्न बाध्य छौ। बाध्यता पनि किन नहोस त लाखौ रुपैया सय कडा तिन चार रुपैयाको दरले व्याजमा रिन काडि विदेसिएका युवा पनि विरलै छन्।
आफ्नो जिन्दगिको नौलो सपना बोकि कसैको विश्वास गरी विदेसमा आइन्छ तर विदेसमा दलालले भने जस्तो काम र दाम नपाएर बसेका नेपालीहरु कतारमा प्रस्सत मात्रमा देखिन्छ। मैले देखे बुझे र परेको अनुसार कतारमा प्राय पुरा सप्लाई कम्पनि भएको पाएको छु। तर नेपालबाट दलालले भने अनुसार यहाँ सुविधा नपाएपनि जसो तसो कतारको कानुन अनुसार दुई वर्ष सम्म बाध्य छन्।
तर दलालले भनेको सुविधा नपाएपनि घर फर्काउ कसरी? लाखौ रुपैया साहु सँग रिन लिएर आएको र गाउँ घरमा हेरिने नराम्रो रुपले गर्दापनि जसो तसो बाध्य भएर बस्नुपरेको धेरै युवाहरु बताउछन्। तर कतारको बारेमा नेपालीको दुख बताउदा कुनै पनि सप्लाई कम्पनिले आफुले बगाएको पसिनाको मुल्य समयमै पाउदैनन्।
दिनको आठ घण्टा काम गरने ठाउँमा दिनको 3/4 घण्टा बिना मुल्यको अमुल्य समय यो चिसो मौषम खाडि मुलुकमा आगोले भन्दा बढि पोल्ने जस्तो तातो घाम खाएर गाडिको कतिबेला लिन आउछ भन्दै बाटो हेर्दै यो जाडो या गर्मिमा आफुले काम गर्ने साइटको गेटकै बाहिर दुई तिन घण्टा सम्म जाडोमा सुसुसुसु.....गर्दै र गर्मिमा पसिनाले लछ्कै भिजेरघण्टौ गाडिको प्रतिक्षामा बस्नुपदर्छ। तर कम्पनिमा गाडि पठाइदिन भन्दै फोन गर्दा पनि आउदैछ भन्दै टारिदिने गरेको मैले नै भोगेको छु।
अझ दुख ता बिरामि पर्दा समेत कम्पनिले वास्ता गर्दैनन। सधै खल्तिमा पैसा पनि हुदैन् जसोतसो कम्पनिको अपिसमा गएपनि यो अस्पताल होर ? भन्दै थर्काउने पनि गर्दछन्।

कतारको न्यु भर्सन ट्रेड एण्ड कन्ट्रर्कसनमा काम गर्दै आएका नेपाली युवाले यस्तै सुविधा नपाएको भन्दै। ड्युटि ने नगइ बस्दा कति नेपाली युवाहरुला घर पठाईदिए पछि अन्य युवापनि तेसैको डरमा चुप्प लागेर बसिरहनुपरेको छ। तर यस्ता घटना तथा दुखहरुलाई कसैले पनि वास्ता गर्दैनन।तर विदेशमा परेको दुख अनि पिडा नेपालीले नेपालमा गएर बाडदैन गाउँका साथिभाई अनि आफ्न्तले कस्तो छ? बिदेसमा काम भनि सोध्दा पनि राम्रै छ भन्नुनै पर्यो।

यस्ता दुखहरु विदेसमा खेपिरहदा समेत आफ्नो घर परिवारले समेत बुझ्दैनन्। यो कतै परिवारले नसोचोस कि विदेसमा पैसा को रुख छ भनेर विदेसमा कतै पैसाको रुख छैन जहाँ चड्यो अनि टिप्यो र पठायो।
Don't Miss
© all rights reserved
made with by netKUTI