काठमान्डौ,फागुन १५ गते ।

स्वरसम्राट नारायण गोपालले गाउनुभएको आजभोली हरेक साँझ मातिन थालेछ र मधु क्षेत्रीले गाउनुभएको फुलैफुल मात्र पनि होईन रैछ जिवन बोलको बहुचर्चीत गितहरुको रचनाकार पनि विराग नै हुनुहुन्छ । विरगञ्जमा जन्मीनुभएका विराग २०२६ सालदेखी हेटौंडा बस्दै आउनुभएको थियो । १२ वर्षको उमेरमै फुटवल खेल्ने क्रममा लागेको चोटका कारण उहाँ शारीरीक कुप्रोपनको सिकार बन्नुभएको थियो । बहुआयामीक प्रतिभाका धनी विरागलाई अन्तीम श्रद्धान्जली चढाउन भिम विराग संगीत साहीत्य कला प्रतिष्ठानका अध्यक्ष तुल्सी थापासहितका साहीत्यकारहरु हेटौंडाबाट काठ्माण्डौं आउदै हुनुहुन्छ ।