Responsive Ad Slot

latest

संबैधानिक समिति बैठक जारी , विवादित विषयमा सहमति खोजिने I

Wednesday, February 15

/ by Admin BHOLA THAPA

काठमान्डौ फाल्गुन ३ गते ।
भावी संविधान लेखनको मुख्य जिम्मेवारी पाएको संबैधानिक समितिको बैठक अहिले बसिरहेको छ ।समितिको सचिबालय सिंहदरबारमा जारी बैठकमा बिबाद समाधान उपसमितिको बैठकमा समिति भएका बिषयलाई अनुमोदन गर्ने समितिका सचिव टेक प्रसाद ढुंगानाले बताउनु भयो । उपसमितिको बैठकले राज्यपुनसंरचना आयोगले बुझाएको प्रतिबेदन माथि छलफल सुरु गर्दै संबैधानीक समितिमा उठ्ने प्रश्न सबैदलले आफ्ना आफ्ना सभासदहरुलाई जनकारी गराउने र आस्वास्थ पार्ने सहमति गरेको थियो ।

आजको बैठकमा संबिधानका बिबदीत बिषय राज्यको शासकियस्वरुप,संबिधानको प्रस्तवना र न्यायपालीका लगायतका बिषयमा छलफल हुने बताईएको छ ।यसैबिच उपसमितिले राज्यपुनसंरचाका बारे छलफल गरेपनि राज्यपुनसंरचनाको प्रतिबेदन कुन समितिमा पठाउने र छलफल गर्ने भन्ने कुराको अन्यौलता भने कायमै छ । संबिधान सभा नियमावली मस्यौदा संशोधन समितिमा उठेको बिबाद नमिलेपछि संयोजक बाहेकका चार सदस्यले आफ्नो तर्फबाट सभामुखलाई प्रतिबेदन बुझाई सकेका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI