एजेन्सि, फागुन ११ गते ।
अफगानिस्तानमा एक अमेरिकी सैनिक केन्द्रमा कुरान जलाइएको विरोधमा भएको प्रदर्शनीमा आठ जना नागरिकको मृत्यु भएको छ । बिरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरिबीच भएको झडपमा स्थानिय नागरिकको ज्यान गएको अफगानि नागरिकले जानकारी दिएका छन ।
राजधानी काबुल तथा त्यसका पूर्वी, उत्तरी तथा दक्षिणी प्रान्तहरुमा क्रुद्ध अफगान नागरिक सडकमा उत्रेका थिए । उनीहरुले पसल तथा गाडीमा आगो लगाइदिएका थिए भने त्यहाँ गोलाबारी पनि चलेको थियो । एलेन तथा अमेरिकी उपप्रतिरक्षामन्त्री एस्टोन कार्टरले अफगान राष्ट्रपति हमिद कारजाइसँग भेट गरी काबुलको उत्तरी भागमा रहेको बग्रम हगाई केन्द्रमा भएको घटनाप्रति माफी मागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसैगरि इजिप्टको स्वेज नगरमा एक तेल कारखानामा हिजो भएको आगलागिमा परि पाँच जनाको मत्यु भएको छ । स्थानिय प्रशासनका सुरक्षाकर्मीले दिएको जानकारी अनुसार अन्य दजनौ मानिस घाईते भएका छन ।