Responsive Ad Slot

latest

चेक बुझ्दै लडाकु (फोटोफिचर) I

Friday, February 3

/ by Admin BHOLA THAPA
काठमाडौ, माघ २० - चार बर्ष शिविरमा बसेका माओवादीका लडाकुहरुको बिदाई प्रारम्भ भएको छ । स्वैच्छिक अवकाश रोजेका माओवादीका लडाकुहरुलाई शुक्रबार देखि रकम दिन थालिएको छ । उनीहरुले तहहेरि पाँच देखि आठ लाख रुपैयाँ पाएका छन् । उक्त रकम चेकमा दिइएपनि बाटो खर्चभके नगद दिने गरिएको छ । चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा चेक हस्तान्तरण कार्यक्रमलाई ईकान्तिपुरकर्मी दीपेन्द्र बडुवालले क्यामेराले कैद गरेका छन् ।

शुक्रबार माओवादी सेनाको तेस्रो डिभिजन शिक्तखोरमा चेक बुझ्न लाइन लागेका स्वच्छिक अवकाश रोजेका लडाकु ।

स्वैच्छिक अवकाश रोजेका तेस्रो डिभिजन शक्तिखोरका डिभिजन सह कमाण्डार उदय बहादुर चलाउनेलाई शुक्रबार अपरान्ह किस्ता रकमको पहिलो चेक हस्तान्तरण गर्दै सेना समायोजन बिशेष समिति सचिवालय संयोजक बालानन्द शर्मा ।
 स्वैच्छिक अवकाश रोजेका तेस्रो डिभिजन शक्तिखोरका डिभिजन सह कमाण्डार उदय बहादुर चलाउने शुक्रबार छोरा सहित पहिलो किस्ताको चेक बुझन आए । उनले जाजरकोट स्थित आफनो गाउं फर्केर राजनीति गर्ने बताए ।
साभार ईकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI