तनहुँ माघ २२ गते ।
अनेरास्ववियुको आदिकवि भानुभक्त वहुमुखि क्याम्पस दमौलीको क्याम्पस सम्मेलन आज दमौलीमा सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला अध्यक्ष तेजप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष रविकिरण श्रेष्ठ,सहसचिव पृथ्वी भुजेल,पुर्व उपाध्यक्ष प्रमोद पण्डित,जिल्ला महिला विभाग प्रमुख आरति भण्डारी लगाएतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनले गोपाल कंडेलकोे अध्यक्षतामा २५ सदस्यिय क्याम्पस कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा विष्णु अधिकारी,सचिव अमृत सुनार,सहसचिव इश्वर खनाल र कोषअध्यक्ष ममता गिरी रहनुभएको छ ।यस्तै सदस्यहरुमा मदन गिरी,सावित्रा कंडेल,नमिता थापा,असोक सुनार,सुनिता लोहनी,मिरा पन्न,अनिरा तिम्सेना,सुरज सिग्देल,अमित राना,टेकमाया थापा,समता ढकाल,जगदिश जैसि,नारायण रानाभाट,सन्तोष श्रेष्ठ रहेका छन् ।