काठमाण्डौ,
फागनु १३ गते ।
शान्ती प्रक्रिया, संबिधान निमार्ण र बिभिन्न आयोगहरुको गठन प्रक्रियामा देखिएका बिबाद समाधानका लागि आज अपरान्ह प्रमुख तीनदलका शिर्ष नेताहरुको बैठक बस्ने भएको छ । प्रचण्ड निवास लाजिम्पार्टमा दिउसो ४ बजेदेखि सुरु हुने बैठकमा आ आफनो भागमा परेका बिषयहरुको समाधान कसरी निकाल्न सकिन्छ भन्ने बारे नेताहरुले धारणा राख्ने बताईएको छ ।हिजोको बैठकमा शिर्ष तीन नेताहरुले वढिमा एक हप्ता भित्रमा शान्ति प्रक्रिया र संबिधान निमार्णमा सहमति जुटाउन एक आपसमा जिम्वेवारी बाँडफाँड गरेका थिए ।
जस मध्ये माओवादी अध्यक्ष प्रचण्डले शान्ती प्रक्रिया र लडाकु समायोजका बिषयमा कायम रहेका बिबाद मिलाउन सहमति खोज्ने, कांग्रेस सभापति सुशिल कोइरालाले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग गठन सम्बन्धको जिम्मेवार लिनु भएको थियो भने एमाले बरिष्ठ नेता माधवकुमार नेपालले संबिधान निमार्णका बिबादीत बिषयमा सहमति खोज्ने जिम्मेवारी पाउनु भएको थियो । आज बस्ने बैठकमा मुलत यीनै जिम्मेवारका बिषयमा केन्दीत रहेर छलफल हुने बताईएको छ ।