Responsive Ad Slot

latest

दुर्घटनामा ७ यात्रु घाइते I

Saturday, February 4

/ by Admin BHOLA THAPA
तनहुँ,
माघ २१-मनकामना मन्दिर दर्शन गर्न आउँदै गरेको माइक्रो शनिबार छाङ्ग–१ मा पल्टिदा माइक्रोमा सवार ७ जना घाइते भएका छन् । पोखराबाट मनकामना मन्दिर दर्शनका लागि आउँदै गरेको ग १ च २३९९ नम्बरको माइक्रो अनियन्त्रित भई पल्टदा माइक्रोमा सवार १४ मध्ये ७ जना यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते हुनेमा पोखराका धनकाजी गुरुङ, सोममाया गुरुङ, प्रेमप्रसाद शर्मा, रामकुमारी शर्मा सविता शर्मा, तिलकुमार गुरुङ र पूर्णकुमारी गुरुङ घाइते भएका हुन् । घाइतेहरुको फिस्टेल हस्पिटल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ईतनहुँ डटकम
Don't Miss
© all rights reserved
made with by netKUTI