Responsive Ad Slot

latest

१३५औँ लखन स्मृति दिवस पाल्पामा सम्पन्न I

Tuesday, February 14

/ by Admin BHOLA THAPA
हरि बहादुर सारुमगर, 
पाल्पा, फाल्गुण २-   प्रथम शहिद लखन थापामगरको १३५औँ स्मृति दिबस पाल्पामा सम्पन्न भएको छ । स्मृति दिबसमा बोल्दै नेपाल मगर संघका केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले शहिद लखन थापामगरलाई प्रथम शहिद घोषणा गरी शहिदको सम्मान गर्न माग गर्नु भयो । प्रमुख अतिथि समेत रहनु भएका घर्ती मगरले यथेष्ठ प्रमाणहरु हुदा हुदै पनि राज्यले प्रथम शहिद घोषणा गर्न कन्जुस्याई गरेको बताउनु भयो । उहाँले लखन थापामगरलाई शहिद दर्जा नदिएर राज्यले अपमान गरेको बताउनु भयो ।

 विशिष्ठ अतिथि संभासद लिला सोमैले प्रथम शहिद लखन थापामगर कुनै जाति बिशेषको नभई जहानिया राणा सशान विरुद्ध बिद्रोह गर्ने यो राष्ट्रकै पहिलो शहिद भएकोले तत्काल प्रथम शहिद घोषणा गर्नु पर्ने बताउनु भयो ।

 नेपाल मगर संघ जिल्ला समिति पाल्पाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति बीर बहादुर राना अनेरास्ववियुका केन्द्रिय सदस्य टिका गाहामगर राष्ट्रिय जनमोर्चाका सोम कुमार कार्की राष्ट्रिय जनमुक्ति पार्टीका मदनिसं रानामगर नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाका अध्यक्ष गम बहादुर थापामगर पूर्व केन्द्रिय सदस्यहरु लाल कुमारी राना भोग बहादुर थापामगर जनजाति युवा महासंघका केन्द्रिय सदस्य तिलम खाम्चा पत्रकार राजकुमार आले नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष विष्णु माया थापामगर नेपाल मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष धनी सारु प्रध्यापक खिम रानामगर लगायतले प्रथम शहिद लखन थापामगरलाई प्रथम शहिद घोषणा गर्नु पर्नेमा जोड दिदै मन्तव्य राखेका थिए ।

 नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा मगरको अध्यक्षतामा चलेको कार्यक्रम सचिव असबीर सारुमगरको संचालन र सहसचिव हरि बहादुर सारुमगरको स्वागत मन्तव्य राखेका थिए । यसै बीच शहिद लखन थापामगरलाई प्रथम शहिद घोषणाको माग गर्दै नेपाल मगर संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती मगर सभासद लीला सोमै नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहामगर लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ ।

 प्रथम शहिद लखन थापामगरको स्मृति दिबसको अवसरमा लखन थापामगरको जीबनी विषयक निबन्ध प्रतियोगिता समेत सम्पन्न भएको छ । नेपाल मगर विद्यार्थी संघ पाल्पाको आयोजनामा सम्पन्न भएको निबन्ध प्रतियोगितामा बिभिन्न क्याम्पस तथा उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत १४ जना विद्यार्थीहरुले भाग लिएका थिए । निबन्ध प्रतियोगीतामा उत्कृष्ठ भएकाहरुलाई मगर दिबस फागुन १५ गते अवसरमा पुरस्कृत गर्ने नेपाल मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष धनी सारुले बताउनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI