रुकुम ,फागुन १० गते ।
कतारवाट विदामा घर र्फकदै गरेका एक युवक घर नपुग्दै एक होटलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कतारवाट विदामा घर र्फकदै गरेका रुकुम पोखरा गाविस(७ का २२ वषिर्य वीरबहादुर घर्ती आफ्नो घर नपुग्दै रुकमु सदरमुकाम खलंगाको दादिंगे होटलको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दुई वर्ष अघि रोजगारीको शिलशिलमा कतार पुगेका घर्ती मंगलवार मात्रै रुकुम सदरमुकाम खलंगा पुगेका थिए । साँझ खाना खाएर सुतेका घर्ती विहान कोठामै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक घर्तीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लगिएको जिल्ला प्रहरी कार्यालय रुकमले जनाएको छ।अनलाईन खबर