Responsive Ad Slot

latest

संविधान निर्माणको प्रक्रिर्याले गति लिने ः नेम्वाङ I

Thursday, February 16

/ by Admin BHOLA THAPA
काठमान्डौ फागुन ४ गते ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रियाले गति लिन सुरु गरेको दावी गर्दै आगामी जेठ १४ गते नै संविधान जारी हुने बताउनुभएको छ । संविधानसभाको कार्यकाल अन्तिम भन्ने सर्वोच्च अदालतको फैसला बिरुद्ध संसदले पुनरावलोकन निवेदन दर्ता गराएपनि तोकिएको समयमै संविधान बनाउनुको विकल्प नभएको उहाँको भनाइ थियो ।


संसदीय मामिला पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष नेम्वाङले जेठ १४ मा संविधान जारी गर्ने बिषयसंग पुनरावलोकन निवेदनको कुनै साइनो नभएको स्पष्ट गर्नुभएको हो ।

विवाद समाधान उपसमितिले शनिवारदेखी शासकीय स्वरुप समितिको प्रतिवेदनमा छलफल सुरु गर्ने सहमति भएकोले छिट्टै कुनै निकास आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । शान्ति प्रक्रियाको काम सुचारु नभएका कारण संविधान लेखनको काम पनि अड्किएको स्मरण गर्दै नेम्वाङले दलहरुवाट शान्ति प्रक्रिया पूरा गर्ने स्पष्ट प्रतिबद्धता आएका कारण संविधान निर्माणकोे काम अगाडि बढ्ने विश्वास गर्नुभयो । शीर्ष नेताहरुसंग आज भएको छलफलवाट संविधानसभा नियमावली संशोधनमा पनि सहमति नजिक पुगिएको उहाँले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI