काठमान्डौ,
फागुन ९ गते ।
शीर्ष राजनीतिक तहमा सहमति कायम गरेपछि बस्नेगरी संवैधानिक समितिको बैठक एक सातासम्मको लागि स्थगित भएको छ । उपसमितिले गरेका सहमति अनुमोदन गर्ने कार्यसूची रहे पनि उपसमितिमा कुनै सहमति नभएकोभन्दै बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।
संविधानसभा सचिवालय सिंहदरवारमा आज विहान बसेको बैठकमा उपसमिति संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसमितिमा भएका छलफलवारे जानकारी गराउनु भएको थियो शासकीय स्वरुप लगायतका बिषयमा सहमति जुटन बाकी रहेकोले ११ गते तीनदलका शीर्ष नेताको बैठकबसी सहमतिको प्रयास गर्ने उहाँले बताउनुभयो ।
राजनीतिक तहमा सहमति गरी बस्नेगरी बैठक १६ गतेसम्म स्थगित भएको समिति सदस्य माधवकुमार नेपालले बताउनुभयो । संविधानसभा कार्यव्यबसथा परामर्श समितिमा भएको सहमति अनुसार शासकीय स्वरुप लगायत बिषयमा भोली सम्ममा सहमति गर्नुपर्ने भएपनि सहमति जुटन नसकेकोले कार्यतालिकाको भविष्यको बारेमा संबैधानिक सभापति निलाम्बर आचार्यले संविधानसभा अध्यक्षसंग परामर्श गर्नुहुने एमाले सभासद अग्नी खरेलले जानकारी दिनुभयो । सि आई एन