सन्तकुमार चौधरी
चितवन, फागुन ३ -नया“ सबिधानको प्रारम्भिक मस्यौदा माथि प्रचार प्रसार, जनमत संकलन एबं राय सुझाबका लागि आजदेखि सभाषद सहितको टोली बिभिन्न ४ जिल्लामा खटिएका छन् । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको अध्यक्षतामा हिजो जिल्ला प्रशाशन कार्यालय चितवनमा भएको सर्वपक्षिय बैठकमा आज देखी सभाषद सहितको टोली चितवन, मकवानपुर, नवलपरासी र धादिङमा खट्ने जानकारी दिइएको थियो ।
नया“ सबिधानको शासकिय स्वरुप र राज्यपुर्नसरचना बाहेकको नया सबिधानको प्रारम्भिक मस्यौदा बारे, जनताको सुझाव संकलन गर्न सभाषदहरु बिभिन्न जिल्लामा गएको भएको प्रमुख जिल्ला अधिकारी गणेश राज कार्कीले जानकारी दिनुभयो ।
आज देखि फाल्गुण १० गतेसम्म ४ बटै जिल्लाका गाबिस तहमा गएर ७ दिनमा सुझाब संकलन गरिने बताईएको छ । तर चितवनका राजनैतिक दलहरुले यती छोटो समयमा गरिएको सुझाव संकलन कार्य जनताको आखँमा छारो हाल्ने काम मात्रै भएको टिप्पणी गरेका गरेका छन् । हिजो बसेको बैठकमा चितवनका क्रियाशिल राजनीतिक दलहरुले सुझाव संकलन प्रति तीब्र असन्तुष्टि जनाएका थिए । थोरै समयमा लिइएको सुझावले जनताको भावनालाई कदरगर्न नसक्ने उनीहरुको भनाई थियो ।