खलङ्गा (बैतडी),
माघ २६- जङ्गलमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट बुधबार पञ्चेश्वर–६, सल्ला बस्ने एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुनिराम कोलीकी १४ वर्षीया छोरी भेरडी भनिने आशा कोली रहेका छन् । घरनजिकैको जङ्गलमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा तत्काल उनको ज्यान गएको स्थानीय भुमिराज निमाविका प्रधानाध्यापक शिवसिंह साउदले जानकारी दिनुभयो ।
दुई महिना यता पञ्चेश्वरमा बाघको आक्रमणबाट नेपालतर्फ एक गर्भवती महिला र दुई बालिका गरी तीन जना तथा दुई भारतीय नागरिक गरी पाँच जनाले ज्यान गुमाइसकेको स्थानीय कुलाउ उच्च माविका शिक्षक डम्बर कलौनीले बताउनुभयो । वन्यजन्तुको आक्रमणबाट घाइते वा मृत्यु भएकालाई जिल्ला वन कार्यालयले क्षतिपूर्ति दिने प्रावधानअनुसार बालक कोलीको परिवारलाई एक लाख ५० हजार क्षतिपूर्ति दिने बताएको छ ।