काठमाडौ,
फागुन ९ गते ।
राजधानीको असनका करिब ४ वटा घरमा आगलागि भएको छ । एक जना घाइते भएका छन । विहान भएको आगालागि अहिले सम्मपुर्ण रुपमा नियत्रन्णमा आउन सकेको छैन । आगलागि नियन्त्रणमा लिने क्रममा मथिबाट फालेको सामानले एकजनालाई लाग्दा घाइते भएका हुन । घाइतेको नाम ठेगान नखुलेको र उनको अहिले विर अस्पतालमा उपचार भइरहेको छ ।

पुरानो वस्ती र साँघुरो बाटो भएकोले आगेलागि नियन्त्रणमा लिन दमकलले करिब एक सय ५० मिटर लामो पाइप विच्छउन परेको प्रहरीले बताएको छ ।आगलागिबाट भएको क्षतिको अझै बिबरण आइनसकेको घटनास्थलमा रहेका प्रहरी नायब निरिक्षक लिलाराज गाठाले जानकारी दिनुभयो ।
यसैविच भmापाको भद्रपुर बजारको एक सुन पसलमा आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएको छ ।टिनको दुईतल्ले घरमा आगलागी हुँदा १४ लाख रुपैया बराबरको जिन्सी सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।सोही घरमा बस्ने गोपाल र रतन घोषको पनि जिन्सीलगायतका सामान जलेको प्रहरीले जनाएको छ ।