रवि रोषी
दोहा
एक बर्ष अघि कतारमा कार्यस्थलबाट फर्कदै गर्दाको अवस्थामा बस दुर्घटनामा परी घाइते भएका कुलदीप थपलियालाई चितवन युवा समूहको पहलमा आर्थिक सहयोग संकलन कार्य थालनी गरिएको छ । दुर्घटनामा परी गम्भरि घाईते भएका पिप्ले गाविस चितवनका थपलिया १० दिन कोमामा राखी उपचार गरेको महिनौँ पछि मात्र सामान्य हिँडडुल गर्ने अवस्थामा फिरेका हुन् । वडा नं. ५ पिप्लेचोक निवासी थपलियाको पारिवारिक अवस्था अति नाजुक भएको कुरा चितवनमा गई चितवन युवा समूहको टोलीले जानकारी लिएपछि उनको सहयोगको लागि अभियान चालिएको कुरा आर्थिक संकलन समितीका संयोजक गणेश ढकालले जानकारी गराएका थिए । अत्यन्त जीर्ण अवस्थामा रहेको उनको फुस्को घर बनाउने योजना बोकेर कतार छिरेका थपलिया दुर्घटनामा परी अशक्त भएपछि चितवन युवा समूहमा उनले संस्थामा आफ्नो दुखेसो पोखेका थिए । उनको पारिवारिक आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुनाले श्रमको काम गरेर आश्रित परिवार पाल्न र घर बनाउने योजनामा तुषारापात भएको बताएपछि चितवन युवा समूहले उनको घर निर्माण गरिदिने योजनामा लागि परेको हो । हाल सम्म उनको सहयोगको लागि नेपाली रुपैँया २ लाख १४ हजार १३८ संकलन भैसकेको र थप सहयोग संकलनको लागि आर्थिक संकलन समितीका संयोजक गणेश ढकालले बताए । घाईते थपलियाको सहयोगको लागि हामी कतार बाहिर रहने चितवनवासी सहयोगी मनहरु संग पनि सहयोगको अपेक्षा राखेको छौँ उनले बताए ।
सहयोग उपलव्ध गराउनेहरुमा चितवन युवा समूहका संरक्षक सागर नेपाल २० हजार, कविराज सुवेदी २० हजार, राम कुमार श्रेष्ठ १५ हजार १ सय ७ , बालकृष्ण थापा ११ हजार १ सय १, रामबाबु थापा १० हजार , होमनाथ पौडेल १० हजार, रामहरि गैरे १० हजार, गणेश ढकाल ५ हजार ५ सय ५५, कमल आचार्य ५ हजार ५ सय ५५, समीर खत्री ५ हजार छ सय ५५ खेमराज भट्टराई ५ हजार ५ सय ५५, दिनेश ठकुरी ५ हजार ५ सय ५५ , देव नारायण श्रेष्ठ १० हजार, राज देवकोटा ५ हजार १ सय, कृष्ण प्रसाद सुवेदी १ हजार ५ सय रहेका छन् ।
त्यस्तै गरी गैर आवासीय नेपाली संघका गल्फ संयोजक नरेन्द्र भाटबाट कतारी रियाल ५ सय , प्रभु रानाभाट २ सय ५० , गोरखा सेवा समाजका श्रीकृष्ण भट्टराईबाट १०१, गुण बहादुर राना १०५, पूर्णसिं लामा १२५, भूमिराज कार्की १०१, प्रेम परियार १०१, रवि लामीछाने १०१, सुर्य ढकाल ५१, लाल बहादुर भट्ट १०१, गुरु प्रसाद तिवारी ५१, केदार नाथ बर्तौला १०१ र राजकुमार विश्कर्माबाट १५१ कतारी रियाल गरी कुल १८३९ कतारी रियाल प्राप्त भएको छ । संकलन हुन आएको उक्त रकम संयोजक गणेश ढकाल र घाइते थपलियाको संयुक्त नाममा खाता खोली राखिएको कुरा संयोजक ढकालले बताएका छन् ।