Responsive Ad Slot

latest

प्रशासनको लापार्वाहिले नागरिकतामा गल्ती नै गल्ती I

Thursday, February 16

/ by Admin BHOLA THAPA
इलाम, फागुन ४ गते ।

जिल्ला प्रशासन कार्यालय इलामले बनाएको नेपाली नागरिकतामा गल्ती नै गल्ती भेटिने क्रम बढेको छ । जनतालाई सेवा पुरयाउने उद्येश्यले मंसिर महिनामा इलामको चुलाचुली गाबिसमा प्रशासनले शिबिरै राखेर बनाएको नागरिकतामा गल्ती भेटिएको हो । 

तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीको हस्ताक्षर भएको इलाम चुलाचुली ६ का अनुमाङम लिम्बूको नागरिकतामा लिङ्ग महिला हुनुपर्नेमा पुरुष भएको भेटिएपछि प्रशासनले गरेको यस्तो हेल्चक्राइँ रलापार्वाहिले सर्बसाधारणले अनेकौं शास्ति खेप्दै आएका छन् ।

केहि समय अघि एमआरपि पार्सपोर्ट बनाउनका लागि काठमाडौ पुगेकी लिम्बूलाई श्रम मन्त्रालयले नागरिकतामा गल्ती भेटेपछि हजारौ रुपैया खर्चेर राजधानी गएकी लिम्बू निराश मुद्धामा घर फर्किन भने, प्रशासनको लापार्वाहिको कारण आफूले दुःख झेल्नु परेको उहाँको आक्रोस थियो ।
लिम्बूको ०३—१०२२÷४८०३ नम्बरको नागरिकतामा यस्तो गल्ती भेटिएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI