काठमान्डौ फागुन ११ गते ।
आज बस्ने तीनदलको बैठकमा साझा धारणा पेश गर्ने प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको बैठक अहिले बसिरहेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा शान्ति प्रक्रिया, नेपाली सेनाको प्रस्ताव र संविधानका विवादित विषयमा छलफल भइरहेको छ ।
सात बुदे सहमतिलाई आधार बनाएर शान्ति र संविधानका विषयमा समान धारणा बनाउन दुई दलको बैठक बसेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ । दुर्इ दलको बैठक पछि ४ बजे बस्ने तीनदलको बैठकमा साझा धारणा पेश गर्ने तयारी छ ।