काठमान्डौ,
माघ २६ गते ।
वाईसीएल अध्यक्ष गणेशमान पुनले आफूहरुले मुलुकका लागि गरेको योगदानका लागि सम्मान पैसा र सम्मानजनक हैसियत मागेको बताउनु भएको छ । आज राजधानीमा आयोजित सात्क्षाकार कार्यक्रममा अध्यक्ष पुनले जनयुद्धमा मोर्चामा बसेर लडेका वाईसीएल कार्यकर्ताहरुलाई पनि लडाकूले पाएको सरह सेवा सुविधा पाउनु पर्ने बताउनु भयो ।
आफूहरुको माग सरकारसँग नभई पार्टीसँग भएको भन्दै उहाँले माग पुरा गर्न गरी निर्णय गरिसकेको जनकारी दिनुभयो ।माओवादी ठूलो पार्टी भएकोले वाईसीएलका लागि दिने राहतको र्याकेज दिन गाह्रो नहुने दावी गर्दै पार्टी कार्यकर्ताले बुझाउने लेबीबाटै पनि वाईसीएलको माग पुरा गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो वाईसीएलको आर्थिक माग पुरा गर्न माओवादी जस्तो ठूलो पार्टीका लागि त्यती ठूलो कुरा होईन ।
यो समस्याको विषय पनि होइन, पार्टी कार्यकर्ता र सुभेच्छुकहरुको सहयोगबाटै पुरा गर्न सकिन्छ । वाईसीएलका होल टाईमर कार्यकर्ताको तथ्याङ संकलन कार्य भईरहेको उहाँको भनाई छ ।साक्षात्कारमा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले वाईसीएललाई राहत प्याकेज दिने नाममा फेरि ब्यापारी, उद्योगीसहित नेपाली जनताले चन्दा आतंक खेप्नु पर्ने आशंका ब्यक्त गर्दै राज्यकोषबाट रकम दिई कडा सडक आन्दोलन गर्ने चेतावनी दिनुभयो ।