चितबन
माघ २६ गते ।
पश्चिम चितवनको पटिहानीमा पहिलो पटक आयोजना गर्न लागिएको पटिहानी पर्यटन महोत्ब २०६८ को तयारी लाई तिब्र पारिएको छ । बिभिन्न पक्ष सग अन्र्तक्रिया गर्ने, सरसफाई गर्ने तथा स्टल निमार्णका कार्यलाई तिब्र पारिएको छ । महोत्सब मुल आयोजक समितिका संयोजक खेम भट्टका अनुसार प्रचार प्रसार र सबै पक्षको सहयोग जुटाउने काम भैरहेको छ । पटिहानीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि स्थानिय बासिन्दा हरुको सक्रियतामा महोत्सब गर्न लागिउको हो ।
पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकिने संभाबना प्रचुर मात्रामा हुदा हुदै पनि पछाडिपरेको उक्त क्षेत्रका पर्यटकिय स्थान हरुका बारेमा जानकारी गराउनु आफुहरुको प्रमुख उद्येश्य रहेको भट्टले बताउनुभयो । आगामि फागुन ५ गतेदेखि १० गते सम्म गर्न लागिएको छ ।
न्युनतम १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्ब आयोजनाका लागि ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । बेलशहर सामुदायिक बनको पडिहानि ८ घट्घाई स्थित राप्ती खोला किनारको तिरमा महोत्सब गर्न लागिएको हो । सहोत्सको प्रचार प्रसार समितिका संयोजक रामजी सापकोटाका अनुसार पर्यटक महोत्बसमा ऐतिहासिक स्थलहरुको अवलोकन, बिभिन्न जात जातिको सस्कृतिको अवलोकन, जिप जंगल यात्रा, हाक्ति शयर डुंगा सयर सुयोदय तथा सुर्य अस्तको अवलोकन प्रमुख आर्कषणका केन्द्र रहनेछन् ।
सापकोटाले भन्नुभयो पटिहानीमा कमलपोखरी ताल स्थनिय मजदुरको सक्रियतामा निमार्ण गरिएको मजदुर ताल, सितामाई देवालय, बन बन्यजन्तु, बिभिन्न जनजातिका सास्कृतिक पहिचान दिलाउनु हाम्रो उद्येश्य हो । महोत्सबको अयोजक पटिहानी पर्यटन समिति र पटिहानी गाबिस रहेका छन भने सहआयोजक पटिहानी उपभोक्ता समिति मध्यबर्ति क्षेत्र, बेलशहर मध्यबर्ति सामुदायिक बन, र बिरेन्द्रनगर सामुदायिक बन रहेका छन् । महोत्सबमा स्थानिय पहिचान दिलाउने खालका १ सय ५० वटा स्टल रहने प्रचार प्रसार समितिका संयोजक रामजी सापकोटाले जानकारी दिनुभयो । अहिले स्टल निमार्ण काम धमाधम भैरहेको छ ।