Responsive Ad Slot

latest

स्वच्छ प्रतिपर्धा गर्ने सहमतिपछि धौलागिरी खुल्यो I

Thursday, February 16

/ by Admin BHOLA THAPA

बागलुङ, फागुन ४ गते ।
चार बु“दे सहमति भएपछि तीन दिन देखि बन्द भएको धौलागिरी अंचलकोे यातायात तथा व्यवसाय आज दिउँसोदेखि संचालनमा आएको छ । बागलुङको बुर्तिवाङमा स्थापना भएको यातायात समिति दर्ता खारेज हुनुपर्ने र सिन्डिकेट
लागू हुनुपर्ने माग गर्दै धौलागिरी अञ्चल यातायात समितिले तीन दिन देखि यातायात र व्यवसाय बन्द गरेको थियो । विवाद समाधानका लागि आन्तरिक छलफल गर्ने लगायतका सहमतिपछि बन्द खुलेको हो ।

सहमति अनुसार स्वच्छ प्रतिष्पर्धा गर्न पाउने वैधानिक अधिकारलाई सुरक्षित गर्ने, बन्द हड्ताल नगर्ने, थोत्रा
सवारी साधन संचालन नगर्ने र उद्योग बाणिज्य संघ र उपभोक्ता मञ्चको संयोजकत्वमा चार चार जनाको प्रतिनिधि मार्फत् आन्तरिक विवाद समाधान गर्ने गरी सहमति भएको प्रहरी नायव उपरिक्षक कृष्ण सिवकोटीले बताउनुभयो । आज
विहानै देखि आन्दोलनरत व्यवसायीले बजारमा जवरजस्ती बन्द गर्ने, सवारी साधनमा तोडफोड गर्ने जस्ता काम गरेपछि २० जना भन्दा धेरैजनालाई पक्राउ गरेको थियो ।

सहमतिपछि प्रहरीले पक्राउ परेका व्यवसायीलाई पनि रिहाइ गरेको छ । गत सोमबार जिल्ला प्रशासन कार्यालयले बुर्तिवाङ यातायात व्यवसायी समिति दर्ता गरेको थियो । विना सूचना बन्द भएपछि सयौं यात्रु, उपभोक्ताहरुले सास्ती व्यहोर्न बाध्य भएका थिए । बन्दको प्रकृति बढ्दै गएपछि यात्रु, उपभोक्ता मञ्च, नागरिक समाज लगायतले बन्दको विरोध व्यापक विरोध गरेको थिए ।केही उपभोक्ताले बन्दको समेत अवज्ञा गर्न थालेपछि व्यवसायी वार्तामा बसेका हुन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI