Responsive Ad Slot

latest

मोना पोर्तुगलको अधिवेशनमा मानबहादुर निर्बिरोध I

Wednesday, February 15

/ by Admin BHOLA THAPA
टेक नेपाली, पोर्तुगल, म्यादी प्रबासी नेपाली संघ पोर्तुगल (मोना पोर्तुगल)को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मानबहादुर पुर्जाको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति समेत गठन गरेको छ ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा मिन बहादुर के सी, गोपाल परियार, सुर्य भट्टचन सचिबमा धर्म लाल (मदन) कंडेल, सह सचिबमा खिम बहादुर जुग्जाली, कोषाअध्यक्षमा बाल कुमारी पुन र सह कोषाअध्यक्ष बिरेण पुन रहनुभएको छ भने सदस्यमा नैना पुन , प्रदिप पुन, सोम बहादुर परियार, कुमार राम्जाली, लक्छुमन पुन, रुपा पुन, रामजी भण्डारी रहनुभएको छ । त्यस्तै सल्लाहकारमा ( प्रमुख धन बहादुर मल्ल , राम प्रसाद पुन, जीवन शाही, शविन रोका मगर, पहल बहादुर पुन मगर, पूर्ण बहादुर बि।क, टेक बहादुर पुन, खेलकुद समिति, जग बहादुर तिलिजा, भगवान शाही र डम्मर के।सीका साथै सास्कृतिक समितिमा धन बहादुर पुन , मोहन बुदुजा तथा संचार समितिमा ९मिडिया कोर्डीनेटर ० सक बहादुर नेपाली हुनुहुन्छ।

पोर्तुगलको राजधानि लिस्बोनको आलकान्त्र स्थित माया रेष्टुरेन्टको परिसरमा संचालन भएको कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै एन आर एनका अधक्ष्य रमेश गुरुङले बिदेशको ठाउँमा आएर पनि आफ्नो मात्रीभुमीलाई सम्झिएर एक जुट भै म्याग्दीको हक हितको लागी लाग्नु मुलुकको लागी पनि केही राहत हो भन्नु हुँदै मोना पोर्तुगल तथा नयाँ कार्यसमितीको सफलताको शुभकामना दिनु भयो।

त्यस्तै अर्का अतिथी मगर समाजका अधक्ष्य रन बहादुर पुनले मोना पोर्तुगलको नयाँ कार्यसमितिले अझ बढी नयाँ सोचका साथ अघाडि बढ्ने आशा लिएको बताउँदै भने बिगतमा म्याग्दी र मगर समाजको भली बल टिम एउटै हुने गरेकोले म्याग्दी समाज कि मगर समाजको टिम भन्नेमा बारम्बार विबाद आउने गरेको बिषयलाई समाधान गर्न अनुरोध गर्नु भयो । नवनिर्बाचित अध्यक्षय मान पुर्जाले मोना पोर्तुगललाई सशक्त रुपले आघाडि बदाउन सबैको हातेमालो आबश्यक भएको बताउनु हुँदै फेरी दोस्रो पटक आफुलाई अध्यक्षय जस्तो गरिमामय पदमा निर्बाचित गरेकोमा सबैलाई धन्यवाद दिनु भयो।

कार्यक्रममा प्रमुख अथिती तथा बिशेष अथिती एन आर एन का अधक्ष्य रेशम गुरुङ, मगर समाजका अधक्ष्य रन बहादुर पुर्जा र जाती उत्पीडित समाजका अधक्ष्य सक बहादुर नेपालीलाई नेपाली टोपी र खाता लगाई बिशेष सम्मान गरिएको थियो भने पुरानो कार्यसमितीका केही पदाधिकारी तथा सदस्यहरुलाई बिदाइ सम्मान पनि गरिएको थियो।

सचिब धन बहादुर मल्लले संचालन गर्नुभएको उक्त कार्यक्रममा २ बर्ष कार्यकालको आय ब्याय बारेमा प्रष्ट पार्नु हुँदै आ (आफ्नो ठाउँबाट कार्यक्रम सफल पार्नु भएकोमा सम्पूर्ण सहयोगी कर्ता उपस्थित महानुभाव तथा जनसमुदायलाई दिए । कार्यक्रममा रात्री भोजका साथै डि जे सुर्य भट्ट्चनले संचालन गरेको सांगतिक माहोलले म्याग्दीलि शिख देउराली , बेनीको बजार जस्ता गीत र म्याग्दीको बिशेष सगुन मानिने भाते छ्याङले छुट्टै रौनक छाएको थियो।
Don't Miss
© all rights reserved
made with by netKUTI