राजु चौधरी ,
चितवन, फागुन ९ गते ।
जिल्ला हुलाक कार्यालय चितवनले थप ५ वटा टेलिसेन्टर संचालनमा ल्याउने भएको छ । जिल्लाका अझै पनि कतिपय मानिसहरु संचारक्षेत्रबाट बञ्चित भएकाले हुलाक कार्यालयले टेलिसेन्टर थप गर्न लागेको हो । कार्यालयले माडी, शुक्रनगरको सोसी बजार, खैरहनी, भण्डारा र जुटपानीमा टेलिसेन्टर संचालनमा ल्याउन लागेको वरिष्ठ हुलाक अधिकृत जगन्नाथ लामिछानेले जानकारी दिए ।
टेलिसेन्टरमा टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेट, फोटोकपी, लेमिनेशन, प्रिन्ट, कम्प्युटर बेसीक तालिमको व्यवस्था हुने गर्दछ ।