Responsive Ad Slot

latest

गोरखा सेवा समाज युएई द्द्वारा कलाकार सम्मनित I

Monday, February 27

/ by Masti Entertainment
निमकान्त पाण्डे दुबई,

बहीवार २३ फेब्रुवरीको सांझ बर दुबईको याक एन्ड यती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच नेपालबाट आउनुभएका ख्याती प्रप्त लोकदोहोरी गायीका मुना थापा मगर,लोक दोहोरी गायक तथा नेपाल टेलिभजनबाट प्रसारण हुने घुम्सा घुम्सी दोहोरी कार्यक्रमका प्रस्तोता दिपसागर थापा मगरलाई गोरखा सेवा समाज युएईले सम्मान गरेको छ। उक्त सम्मान कार्यक्रममा याक एण्ड यती दोहोरी सांझमा कार्यरत गोरखाली कलाकारहरु संजय गुरुग,प्रेम गुरुङ,सम्झना गुरुङ,भिम परियारलाई पनि सम्म गरिएको थियो । साथै सोही दोहोरी सांझमा कार्यरत रसुवाकी पार्वती गुरुङ,कैलालीका दिपक अधिकारि र अर्घखाचिका बिष्णु भाटलाई पनि सम्मान गरिएको थियो । गोरखा समाज युएईका अध्यक्ष सुरेश ढकालको सभापितित्वमा भएको उक्त कार्यक्रममा अतिथिहरुमा लोक दोहारी गायक गायीका दिप सागर थापा मगर ,मुना थापा मगर, नेपाली जनप्रगतिशील मंच युएईका अध्यक्ष तथा गोरखा समाज युएईका सल्लाहाकार उत्तम अधिकारी र नेपाली समाज युएईका प्रार्साद अध्यक्ष तुलसी तमाङ रहनुभएको थियो ।

समाजका सल्लाहकार महा प्रसाद धितालले उपस्थित एवं अतिथी सम्पूर्ण गोरखाबासी दाजुभाई तथा दिदि बहिनीहरुलाई स्वागत् गर्नु भएको थियो । कार्यक्रमको संचालान समाजका सचिब प्रकास बानियाले गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै अतीथी तुलसी तमाङले गोरखा सेवा समाज युएई गठन भएको छोटो समयमा नै यसरी कलाकारहरुलाई सम्मन गरेकोमा समाजको खुलेर प्रसंसा गनु भएको थीयो । यसै गरी सुभकामना दिने क्रममा समाजका सल्लाहकार दिपक बोहोराले सम्पूर्ण कलाकारहरुको आगामी सांगीतिक यात्राले सगरमाथाको शिरचुम्न सफल होस भन्ने शुभकामना दिनु भएको थियो ।

अतिथी एव्म बरिष्ठ समाज सेबी उत्तम अधिकारीले सम्पूर्ण गायक गायीकाहरुको उत्तरोउत्तर प्रगतिको कामना गर्नु भएको थियो । अतिथी कलाकारहरुले प्रबासमा यसरी सम्मानित हुन पाउदा ज्यादै खुसिलागेको र यस क्षेत्रमा अघीबढनका लागी निकै हौसला मिलेको बताएका थिए । आफ्नो कला र गलाको माध्यमबाट नेपाली कला सस्कृतिको संरक्षण गर्दै आफ्नो जिल्लामा मात्रै नभई स्वदेस तथा बिदेशमा पनि आफुलाई एक सफल कलाकारको पहिचान दिन सफल हुनुभएकोमा योगदान र क्षमताको कदर तथा उज्याल भविष्यको कामना गर्दै सम्पूर्ण गायक तथा गायीकाहरुलाई समाजका सल्लाहकार उत्तम अधिकारीले खादा ओढाएर सम्मान गर्नु भएको थियो भने समाजका अध्यक्ष सुरेस ढकालले प्रसंसा पत्र दिएर सम्मान गर्नु भएको थियो ।

क्रार्यक्रममा बोल्दै समाजका अध्यक्ष एंब कार्यक्रमका सभापित सुरेश ढकालले सांगीतिक यात्राबाट आफ्नो जिल्लालाई स्वदेश तथा बिदेशमा चिनाउन सफल हुनु भएकोमा धरै धरै धन्यबाद दिदै कलाकारहरु राष्टका गहना भएकोले गोरखा समाज युएई यस्ता कलाकारहरुलाई सदैब सक्दो सहयोग र सम्मान गरिरहने बताउनु भयो । यसरी राष्टका गहना कलाकारहरुलाई सम्मान गर्न पाउदा आफु लगायत गोरखा सेवा समाज युएई परिवार निकै खुसी भएको बताउनुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI