काठमान्डौ
माघ २४ गते ।
आफ माघ शुक्ल पुर्णिमा, माघ स्नान र स्वस्थानि ब्रत आज देखि समाप्त हुँदै छ । अधिकांश हिन्दु नेपालीका घरमा सात्विक भावले श्रद्धाभक्तिपुर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी एक महिना अघि अर्थात पौष शुक्ल पूर्णिमा दिन देखि शुरु गरिएको स्वस्थानि ब्रतको पुजा आराधनाका साथ आज समापन हुँदै छ ।स्वस्थानी व्रतकथा अनसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिंग बनाई निराहार रहेर तपस्या गरी मनोकाङ्क्षा पुर्ण भएको र सोहि अनुसारको ब्रत बस्नाले आफ्नो मनोकाक्षा पुरा हुने विश्वासका साथ स्वस्थानिको ब्रत लिने परम्परा रहीआएको छ ।
सुख, सन्तोष उन्नती तथा परमार्थमा शिवलोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवं भक्तिभावपूर्वक आराधना गरि श्री स्वस्थानी परमेश्वरको व्रत, पूजन तथा कथा पाठ समाप्त गरिन्छ । स्वस्थानी ब्रत आरम्भ भएदेखीनै काठमाडौको साली नदि, पशुपति लगाएत शिब मन्दीरमा हिन्दू महिलाको बिशेष घुँइचो लाग्ने गर्दछ ।