Responsive Ad Slot

latest

हितैषी निशाको तरिका मन परेन प्रियंकालाई I

Tuesday, February 28

/ by Admin BHOLA THAPA
काठमाण्डौ, 
फाल्गुन १६-सुन्दर हिरोईन अनि सुन्दर साथीहरूको माझमा रमाईरहेको बेला अर्की सुन्दर हिरोईनले मेकअप नै विग्रने गरी बर्थ डे वीस गर्दा सायद जो सुकैलाई रिस उठ्ला जुन भाव प्रियंका कार्कीले बर्थडे केक काट्ने वित्तकै ब्यक्त गरेकी थिईन् ।

पिंक र ह्वाईट बेलुनले सजिएको अध्यारो हलमा जव प्रियंकाले क्याण्डल निभाईन् तव उनलाई ह्याप्पी बर्थडे टू यू भन्दै उनका सहकर्मीहरूले वीस गरे तर सोही भिडमा उनको हितैषी अभिनेत्री निशा अधिकारीले जव प्रियंकाको गाला र नाकमा एक्कासी केक दलिदिईन् तव प्रियंकाको आक्रोस बाहिरिहाल्यो । 'पिल्ज नगरन मेरो मेअकअप बिग्रन्छ', प्रियंकाले निशालाई आग्रह भावमा भनिन् ।

चौतर्फी केक खुवाएको दृश्य क्यामेराले कैद गरिरहेका बेला अनुहार नै बिग्रने गरी निशाले केक दल्ने प्रयास गर्दा केही समय प्रियंका निशासंग आक्रोसित भएकी थिईन् तर क्यान्डल निभाएसंगै मागेको कसैसंग सम्बन्ध नविग्रिओस भन्ने वीसलाई प्रियंकाले पुनः सम्झिईन् र निशासंगको त्यो आक्रोस विर्सिएर पार्टीमा रमाउन थालिन् ।

आफ्ना दुई साथीले सोमबार २५ औं बर्थ डेको अवसरमा दिएको सप्राईज पार्टीमा प्रियंकाले आफू निकट सिमित सिनेकर्मी, परिवार र साथीभाई माझ केक काटेकी थिईन् जहाँ अभिनेत्री निशा अधिकारी उनका लागि विशेष गेष्ट बनेकी थिईन् । २००५ मा कान्तिपुर टेलिभिजनमा भिजेका लागि ट्रेनिङ क्लास सुरू गर्दा देखि सुरू भएको निशा र प्रियंकाको फ्रेण्डसिप समय परिवर्तनसंगै गाढा हुन थालेको छ तर केक दलिदिने सवालमा निशा अलि बढी फ्र्याङ्क भैदिदा प्रियंकाको टेम्पर हाई भएको थियो ।

केक काटेपछी बर्थ डे गर्ल प्रियंकालाई मित्रताको बारेमा भनिदिनुस् न भन्दा उनले भनिन्, 'निशा मेरो बेष्ट फ्रेण्ड हो त्यसैले उसको र मेरो झगडा कहिल्यै हुने छैन र भविष्यमा पनि नहोस् यहि कामना गर्दछु । त्यसैले पनि आजको क्याण्डल निभाउदा पनि मैले त्यहि विस गरेको छु ।' पछिल्लो समय थ्री लभर्स निशाले छाड्नु र सो ठाउँमा प्रियंका अनुबन्धीत हुदा उनीहरूको झगडाको प्रसङ्ग पनि आएको थियो तर बर्थ डे पार्टीमा निशा र प्रियंकाले आफूहरूको झगडा भएको सो प्रसङ्ग हल्ला मात्र भएको बताए ।

फ्रेण्डसिपको यात्रा धेरै भए पनि हाल सम्म कुनै पनि म्युजिक भिडियो तथा सिनेमामा संगै नदेखिएका यि दुईले संगै काम गर्ने योजना अनुरूप धुँवा भन्ने सिनेमामा काम गर्न लागेको पनि जानकारी गराए । प्रियंकाले भनिन्,  'हामीले सिनेमाको अन्य पक्ष हेरेका छैनौ तर पहिलो पटक संगै काम गरौ भनेर धुवाँ गर्न लागेको पनि जानकारी गराउछु ।' यो फ्रेण्डसिप न्यानो भैरहोस् तर धुँवा खेलेपछी सम्बन्ध धुवाँ जस्तो भएर नउडोस् ! हामी त यति भन्छौ । 

बर्थ डे सप्राईज पार्टीमा प्रियंकाको अफिसियल वेभसाईट www.iampriyankakarky.com पनि लन्च गरिएको छ । यध्यपी हतारमा लन्च गरिएको उक्त वेभसाईटको होमपेज मात्र तयार गरिएको छ । उनको पार्टीमा निशाको अलवा भिसा गर्लको यूनिटका निर्देशक प्रचण्डमान श्रेष्ठ, कलाकार रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, कर्म त्यसैगरी अभिनेत्री माल्भिका सुब्बा, रंगपत्रकार सुब्रत आचार्य, गायिका नलिना चित्रकार लगायतका सिमित सिनेकर्मी थिए । माल्भिका आफ्नो प्रेमी रियाज श्रेष्ठका साथ कार्यक्रममा आएकी थिईन् भने निशा कर्मसंग । 

बर्थ डे पार्टीका केही तस्बिरहरू....




















 

साभार :फिल्मीखबर
Don't Miss
© all rights reserved
made with by netKUTI