चीना थापा,
सिन्धुली फागुन १० गते ।
सिन्धुलीजिल्ला विकास समिति सिन्धुलीले चालु आर्थिक वर्षको अन्त्य सम्ममा पशु विकासका लागि ३२ लाख रुपैया परिचालन गर्ने भएको छ । जिल्लामा सहकारी संस्थाहरुको माध्यमबाट पशु विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न सो रकम परिचालन गरिने जिल्ला विकास समिति सिन्धुलीले जनाएको छ । जिविसका अनुसार उन्नतजातका पाडी, बाच्छीको उत्पादन तथा दुग्ध उत्पादनमा बृद्धि गर्न कृतिम गर्भधान सेवा सञ्चालन, गाई वस्तुका लागि उपयुक्त दुधालु र पोषिलो घाँसको वृक्षारोपण, उन्नत जातको बोका वितरण तथा पशुपालन सम्वन्धि चेतनामुलक तालिम, गोष्ठि लगायतका कार्यक्रम चालु वर्षमा सञ्चालन गरिने छ ।
चालु वर्षमा उन्नत जातको सधन घाँसको लागि जिल्लाको कमलामाई नगरपालिका सहित ५३ वटै गाविसमा वृक्षारोपण गरिने र त्यसका लागि १० लाख रुपैया परिचालन गरीने योजना रहेको योजना अधिकृत भूपेन्द्रध्वज बस्नेतले जानकारी दिनुभयो ।