कुबेतमा चालु एसिसी अन्डर १९ महिला क्रिकेटमा नेपालले लगातार तेश्रो जित हात पारेको छ।सबै खेलहरुमा नेपालले भारी अन्तरमा आफ्नो स्थान सुरक्षित गरेको हिसाबले यस पटकको च्याम्पेन हुन सक्ने सम्भाबना प्रबल देखिएको छ । तर कुबेतमा भएका बिगतका खेलहरुमा नेपालले शुरुवातमा अत्यन्त राम्रो सफलता मिले पनि अन्तत खाली हात गएको ईतिहास छ तसर्थ यस पटकको अन्तिम खेलहरु पनि के कस्तो नतिजा हुने हो त्यसै भन्न सक्ने स्थिती छैन तर क्याप्टेन रुबिना छेत्रीले एक भेटमा भनिन यस पटक हामीले नेपाल र नेपालीहरुलाई कुनै हालतमा निरास बनाउने छैनौ हामीमा पूर्ण विश्वास छ,खेलाडीहरु यस पटक धेरै परीबर्तन भएका छन नयाँ जोश र जागरका साथ हामी पूर्ण तयारीसाथ मैदानमा उत्रेका छौ। मात्र हामीलाई बिदेशको भुमिमा तपाईंहरुको साथ चाहिएको छ । यसै क्रममा नेपाली टोलिको लगातार तीन जित देखेर कुबेतबासी नेपालीहरु निकै हौसिएका छन कत्तिले त आफ्नो डिउटी छाडेर खेल मैदानमा पुगेका छन भने कत्ती त आफ्नो डिउटिकोको अवस्था मै केही समयका लागि भए पनि नेपाली खेलाडीहरुलाई साथ दिन केओसी मैदानमा पुगेका छन। कत्तिले फलफुल,जुस,पानी,गुल्कोजका कार्टुनका कार्टुन मैदानमा पुर्याएर सहयोग गरीरहेका छन। निन्द्रा मारेर बिहानै आँखा मिच्दै मैदानमा पुग्ने नेपालीहरु पनि त्यतिकै देखियो । खेलाडीहरुलाई फुर्सतमा भोज भतेरदेखी नेपालमा आफ्नो आफ्न्तसँग संपर्क गराउन फोनको ब्यबस्था समेत गरिएको थियो ।
यसरी कुबेतबासी नेपालीहरुले पूर्ण रुपमा एक्यबद्दता जनाउदै आफ्नो टिमलाई साथ दिएकोमा सम्मिलित सबै खेलाडी तथा ब्यब्स्थापक पक्ष पनि हौसिएका छन। नेपाली दुताबासका प्रमुख राजदुत प्रत्यक दिन आफ्ना महत्वपूर्ण कामलाई थाती राखेर खेल मैदानमा पुगेका छन ।
त्यस्तै एनआरएनका अध्यक्ष राजेन्द्र तमाङ,उपाध्यक्ष धर्मराज गिरी,महासचिब सुजन के.सी प्रत्यक दिन भ्याइनभ्याइ मैदानमा पुगेका छन त्यसो त महासचिब के.सी ले त झन खेलाडी कुबेत प्रबेश गर्नु भन्दा एक हप्ता अगाडि दिखी नै कुबेतबासी नेपालीहरुलाई दौड धुप गर्दै ताजा समाचार,खेल शुरु भए पछी स्कोर सुनाउदै दिनहरु बितेका छन,उनलाई कुबेतमा मात्र नभै नेपाली संचार मध्यमहरुलाई समेत ताजा यथार्थ दिदै पुरा दिन ब्यस्त रुपमा भ्याइनभ्याइ भएको छ ।
हरेक खेलको ताजा स्कोर र बिस्लेशन उनले नियमित रुपमा आफ्नो पुरानो र विश्वसानीय साइड नेपाल कुबेत डट कममा हाल्दै आएका छन जुन विश्वभरका नेपाली मिडियाहरुले साभार गरेका छन । अर्का जागरुक संचारकर्मी हरी कृष्ण न्यौपानेलाई पनि यस पटक भ्याइनभ्याइ छ हरेक खेलमा उनी मैदानमा पुगेका छन र खेलाडीहरुलाई हौस्याउदै साथ मात्र दिएका छैनन ताजा स्कोर उपलब्द्द गराएर खेल हेर्न जान नसकेका अन्य नेपालीहरुको स्याबासी बटुलेका छन ।
आजको जित सँङगै नेपाल सेमीफाइनलमा प्रबेश गरेको छ भने आयोजक कुबेतले पनि भुटानलाई हराएर सेमी फाइनलमा पहिलो पटक उत्रेको छ ।