रुपबहादुर विश्वकर्मा
सर्लाही (हरिवन) फागुन १० गते ।
र्लाहीको ढुंग्रेखोला गाविस स्थित मिलनचोकमा आज दिउँसो एक ट्रिपरले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । प्रहरीका अनुसार आज दिउँसो २ बजे पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ४ ख २४६ नम्बरको ट्रिफरको ठक्करबाट ढुंग्रेखोला गाविस वडा नं.–४ का साने दमाईको मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार ४५ वर्षिय दमाईलाई बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रिपर र चालकलाई नियन्त्रणमा लिईएको हरिवनस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । दुर्घटनावाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तीको माग राख्दै दिउँसोदेखि पूर्व पश्चिम लोकमार्गस्थित सर्लाहीको मिलनचोकमा यातायात बन्द गराइएको छ ।